Online Nepal
  • सोमबार, ९ असार २०८२
  • स्वास्थ्य मन्त्रालयको आग्रह : सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाउनु

    स्वास्थ्य मन्त्रालयको आग्रह : सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाउनु

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

    सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।



    कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि सार्वजनिक सवारी साधन संचालनमा आएकोले विशेष सावधानी अपनाउन मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

    ‘सर्वसाधारणहरुको जनजीवनमा सहजता होस् भनेर प्रतिकूल अवस्थाका बाबजुत सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘ जनस्वास्थ्यको मापदण्डलाई मध्येनजर गर्नुहोला । कोभिडको समस्या समाधान भयो र सार्वजनिक यातायात सुचारु भए भनेर नबुझिदिनुहुन अनुरोध छ ।’

    डा. गौतमले सार्वनजिक यातायातको यात्रा कोभिड १९ को संक्रमण भन्दा अगाडिको समयको जस्तो सहज र सुरक्षित नभएको बताए ।

    अत्यावश्यक भएमा मात्र सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पनि उनले आग्रह गरे । उनले अत्यावश्यक अवस्थामा सावधानी अपनाएर सार्वजनिक यातायातमा सवारी गर्नुपर्ने सुझाव दिएका छन् ।

    ‘यात्रा गर्नैपर्ने अवस्था भएमा मात्र यात्र गर्नुहोला । यात्राका क्रममा पनि हरेक यात्रु वा व्यक्तिले कोभिड संक्रमण गराउन सक्छ भन्ने हेक्का राख्न होला ।’, डा। गौतमले भने ।

    उनले एकअर्काबीचमा कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिनुहुन समेत अनुरोध गरे ।

    डा गौतमले आफूलाई कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको वा कोभिडको मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगरीदिनु हुन समेत सबैमा अनुरोध गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार