Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सिँचाइ डिभिजन कार्यालय दिक्तेलका प्रमुख घुससहित पक्राउ

    सिँचाइ डिभिजन कार्यालय दिक्तेलका प्रमुख घुससहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घूससहित पक्राउ गरेको छ ।

    सेवाग्राहीबाट ९ लाख ३४ हजार घूस लिइरहेको अवस्थामा श्रेष्ठलाई मंगलबार अख्तियारको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । श्रेष्ठको साथबाट स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि अख्तियारले जफत गरेको छ ।



    श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ । रंगेहात पक्राउ परेका उनको स्वास्थ्य जाँच गरेर काठमाडौं लैजाने तयारी भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार