Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ६ दिनपछि ओली-दाहाल छलफलमा, के विवाद अन्त्य हाेला?

    ६ दिनपछि ओली-दाहाल छलफलमा, के विवाद अन्त्य हाेला?

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । सत्तारूढ दल नेकपा अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुटेका छन् । विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेकाे छ।

    पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ । यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।



    पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आंशका भने उस्तै छन् । केही दिन अगाडिसम्म दिनदिनै र घण्टौं संवाद गर्ने गरेका दुई अध्यक्षबीच विगत ६ दिनदेखि संवादहीनताको अवस्था थियो ।



    यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार