Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १० लाख ठगी गर्ने महिलासहित दुई जना पक्राउ

    १० लाख ठगी गर्ने महिलासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    धनगढी । १० लाख ठगी गरेको आरोपमा कैलालीमा दुई जना पक्राउ परेका छन् । बैंकको शाखा अधिकृत भन्दै ठगी गरेको आरोपमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

    उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको प्रहरीले जर्नाको छ । उनीहरुले कैलालीको टीकापुर नगरपालिकाकी ४४ बर्षीया महिलालाई आफूहरु नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ।



    १० लाख दिएमा साढे तीन करोडको लोन पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।



    उनीहरुको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आई.एम.ई.का भौचरसमेत बरामद गरिएको कैलाली प्रहरी प्रवक्ता बिष्टले बताए। उनीहरुमाथि ठगी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार