Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘ओलीलाई छाडा छोड्नु खतरनाक! उपचार खोजौं!’

    ‘ओलीलाई छाडा छोड्नु खतरनाक! उपचार खोजौं!’

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भइरहेको छ । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि उनकाे राष्ट्रियदेखि अन्तराष्ट्रिस्तरमा चर्को रूपमा आलोचित भइरहेका छन्।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सीधै वैकुण्ठधामको यात्रा गरौं ! भनेर व्यंग्य गरेका छन् ।



    ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् भन्दै डा. भट्टराईले अब ओलीलाई छाडा छाडे खतरनाक हुने आशंका गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्– संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !



    ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार