Online Nepal
  • शनिबार, ७ असार २०८२
  • उपत्यकाका ग्राण्डीसहित तीन अस्पतालमाथि मन्त्रालयले थाल्याे छानबिन

    उपत्यकाका ग्राण्डीसहित तीन अस्पतालमाथि मन्त्रालयले थाल्याे छानबिन

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अवैधरुपमा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुल्क असुल्ने निजी अस्पतालमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ।

    उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न मन्त्रालयले छानबिन गर्ने भएको हाे।



    मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।

    मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
    उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्। मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार