Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘चौरजहारी घटना नियोजित रुपमा गरिएको सामूहिक हत्या’

    ‘चौरजहारी घटना नियोजित रुपमा गरिएको सामूहिक हत्या’

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । संसदीय छानविन समितिले अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ ।

    सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।



    समितिका एक सदस्यले ले भने, ‘घटना जातीय भेदभावमा आधारित नै हो । यो भवितव्य नभएर नियोजित हो । सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको छ । यसमा वडाध्यक्षको नेतृत्व देखिन्छ र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही छ ।’



    समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ । संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।

    aअन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार