Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भाजपाद्वारा अयोध्याबारे ओलीले दिएको अभिव्यक्तिको निन्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएकाे अभिब्यक्तिकाे भारतमा आलोचना भइरहेकाे छ । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतीय जनता पार्टीले निन्दा गरेकाे छ।

भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए ।

ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई 'राजनीतिक विवाद उक्साउने' भन्दै भारतलाई 'चोट पुर्‍याउने आश्चर्यजनक कदम' भनिएको छ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077