Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बीपीको सम्झनामा ७७ वटै जिल्लामा कार्यक्रम गर्न तरुण दलको परिपत्र

    बीपीको सम्झनामा ७७ वटै जिल्लामा कार्यक्रम गर्न तरुण दलको परिपत्र

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने बीपी कोईरालाको सम्झनामा देशका ७७ वटै जिल्लामा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

    तरुण दलले संस्थापक नेता एबँ प्रथम जननिर्वाचित प्रधानमन्त्री वि पी कोईरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने भएको हो ।



    तरुण दलले कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको  केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार तरुण दलले स्मृति दिवसका अवसरमा मनाइने कार्यक्रमहरू तय गरेर जिल्लाहरूलाई परिपत्र पनि गरिएको छ ।



    केन्द्रीय समितिले ७ बुंदे परिपत्र मार्फत ७७ वटै जिल्लामा तरुण दलले आआफ्नो जिल्लामा गर्ने कार्यक्रम बारे जानकारी दिइएको छ ।

    ७ बुंदे कार्यक्रम:

    १. नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने ।

    २. बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने ।

    ३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।

    ४. स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने ।

    ५. कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने ।

    ६. बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।

    ७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार