Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • तनहुँमा पहिरोमा परी १० जनाको मृत्यु

    तनहुँमा पहिरोमा परी १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3K
    SHARES

    File Photo

    पोखरा । तनहुँको विभिन्न स्थानमा गएराति पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

    व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो । अविरल वर्षापछि आइतवार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरोमा पुरिँदा परिवारका ३ सदस्यको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।



    पहिरोमा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज थापा, २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो । पहिरोमा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन् । बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । पहिरोमा घाइते केशव थापाको पोखरामा उपचार भइरहेको छ ।



    उता, ऋसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।

    राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा थापा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो ।

    अनबहादुरका २ घरमध्ये श्रीमती ज्योतिमायासँग छुट्टै अर्को घरमा सुतेका थिए । पहिरोमा परी ज्योतिमाया घाइते छिन् । उनको भीमादमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ । यस्तै, अर्को घरमा सुतेका अनबहादुरका दुई छोराबुहारी तथा नातिनी भने पहिरोमा एकै चिहान भएका हुन् ।

    पहिरोमा बेपत्ताको उद्धारमा कठिनाइ भएपछि जेसीबी नै प्रयोग गर्ने भनिएपनि बाटोमा पहिरोको कारण कठिनाइ भएको प्रहरीले जनाएको छ । गएराति भएको सो घटनामा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली सोमबार साँझसम्म उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले बताए ।

    यस्तै, जिल्लाको म्याग्दे गाउँपालिकामा पनि घर पहिरोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ । राति पौने १ बजे गएको पहिरोबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो ।

    उता, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा परेर व्यास नगरपालिका वडा ११, ओढारेका अन्दाजी ४५ वर्षीय पदमबहादुर भुजेल पहिरोमा बेपत्ता भएका छन् । पहिरोमा घाइते व्यास ९ की २६ वर्षीया झनुमाया कुँवरको दमौली अस्पतालमा उपचार भइरहेको छ । राजधानीबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार