Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनमा सञ्चारमन्त्रीको चासो

    अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनमा सञ्चारमन्त्रीको चासो

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापन गर्नुपर्ने बताएका छन् ।

    सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकरण कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताए ।



    अहिले प्रतिदिन एक वटा अनलाइन दर्ता हुने गरेको तथ्यांकले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए ।



    उनले भने, ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने रहेछ यसरी कसरी होला? कति अनलाइन चाहिने हो हामीलाई? दिनमा एउटा अनलाइन चाहिने हो की? क्वालिटीमा जाने हो? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

    बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार