Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १७ वर्षीया किशाेरीको अश्लील भिडियो बनाई पोर्न साइट सञ्चालन, गोंगबुका २३ वर्षीय युवक पक्राउ

    १७ वर्षीया किशाेरीको अश्लील भिडियो बनाई पोर्न साइट सञ्चालन, गोंगबुका २३ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।



    ब्युरोका सह–निर्देशक नविन्द अर्यालका अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।



    हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार