Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • राष्ट्रिय एकता अभियानद्वारा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

    राष्ट्रिय एकता अभियानद्वारा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । राष्ट्रिय एकता अभियान नामक संस्थाले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति भत्सर्ना गर्दै काठमाडाैँमा रहेकाे पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकाे छ।

    अभियानले दूतावास अगाडि एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको छ ।



    अभियानका संयाेजनक विनय कुमारकाे नेतृत्वकाे निकाएकाे विराेध र्यालीमा सय करिब बढीकाे सहभागिता रहेकाे थियाे। र्यालीमा सहभागीहरूले हिन्दुमाथिकाे दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान हाेस गर जस्ता नारा लगाएका थिए।

    इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार