Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विश्वभर संक्रमितको संख्या १ करोड २९ लाख नाघ्यो, साढे ५ लाख बढीको मृत्यु

    विश्वभर संक्रमितको संख्या १ करोड २९ लाख नाघ्यो, साढे ५ लाख बढीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड २९ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड २९ लाख, १० हजार ३ सय ७५ पु्गेको छ ।

    यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ५ लाख ६९ हजार १ सय २८ पुगेको छ । विश्वभर ७१ लाख १६ हजार ९ सय ५७ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ३३ लाख ४ हजार ९ सय ४२ जना पुगेको छ । १ लाख ३५ हजार २ सय ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १० लाख ६ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् ।



    संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १८ लाख, ६४ हजार ६ सय ८१ जना संक्रमित भएका छन् । त्यसमध्ये ७२ हजार १ सयको मृत्यु भएको छ । १२ लाख ६४ हजार ८४३ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार २ सय ५४ पुगेको छ ।



    भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ७४ पुगेको छ । ५ लाख ५३ हजार ४ सय ७१ जना उपचारपछि निको भएका छन् । रुसमा ७ लाख २६ हजार ३६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । ५ लाख २ सय ८ जना उपचारपछि निको भएका छन् । पेरुमा ३ लाख २६ हजार ३ सय २६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ११ हजार ८७० जनाको मृत्यु भएको छ । २ लाख १७ हजार १११ जना उपचारपछि निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार