Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सिन्डिकेट तोड्दै मयूर यातायातले काठमाडौंमा थाल्यो सेवा

    सिन्डिकेट तोड्दै मयूर यातायातले काठमाडौंमा थाल्यो सेवा

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सिन्डिकेट तोड्दै मयूर यातायातले काठमाडौंमा गाडी चलाएको छ। अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको छ ।

    सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।



    मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ।



    श्रेष्ठले अन्य कम्पनीलाई पनि बस चलाउन आग्रह गरेको बताए । बस रोकिराख्दा व्यवसायीलाई थप हानी नोक्सानी हुने भएकाले तोकिएको मापदण्ड पुरा गरेर सबैले बस चलाउनुपर्ने श्रेष्ठ बताउँछन् ।

    सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाउन मानेका छैनन् । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार