Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिआईबीद्वारा १४ वर्षपछि सितापाईलाका सुवेदी दम्पत्ती हत्याका आरोपी पक्राउ

    सिआईबीद्वारा १४ वर्षपछि सितापाईलाका सुवेदी दम्पत्ती हत्याका आरोपी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी )को टोलीले  सितापाईलाका नातिकाजी सुवेदी र उनकी श्रीमतीको हत्यामा संलग्न आरोपीलाई १४ वर्षपछि पक्राउ गरेको छ ।

    सुवेदी दम्पत्तीको हत्यामा हत्यामा संलग्‍न सर्लाहीका जयकिशन शाह उर्फ जेकेलाई सिआईबीको टोलीले भारतमामा पुगेर पक्राउ गरी नेपाल ल्याएको हो ।  जेके र उनका सहयोगी कञ्चनपुरका प्रकाश रानामगर सुवेदी  दम्पत्तीको हत्यापछि फरार थिए। जेके लामो समयदेखि भारतमा लुकेर बसेका थिए ।



    नातिकाजीको घर बनाउने काममा संलग्न मजदूर जेके र कञ्चनपुरका प्रकाश रानामगरले साबेल प्रहार गरेर सुवेदी दम्पत्तीको हत्या गरेका थिए। अभियुक्त प्रकाश भने अझै फरार रहेको सिआईबीले जनाएको छ  । सुन र पैसाको लोभमा उनीहरुले सुवेदी दम्पत्तीको हत्या गरेको आशंका गरिएको छ। यस बारेमा सिआईबीले दिउसो थप जानकारी गराउँदै छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार