Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालले भारतलाई पठायाे ‘कूटनीतिक नोट’

    नेपालले भारतलाई पठायाे ‘कूटनीतिक नोट’

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 1.8K
    SHARES

    नयाँदिल्ली । नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत औपचारिक रुपमै ‘कूटनीतिक नोट’ दिएको हो ।

    नेपाल र नेपालका राजनीतिज्ञहरूलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ। दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत त्यस्तो नोट दिएको हो ।



    नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्रीहरु गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ।



    ‘यस किसिमका सामग्रीलाई लिएर भारतीय विदेश मन्त्रालयमार्फत भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं, साथै यस्ता सामग्रीले भ्रम सिर्जना गर्नुका साथै सभ्य समाजको सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्नुका साथै नेपालीको भावना र नेपाली नेतृत्वको व्यक्तित्वमा समेत चोट पुगेको उल्लेख गरिएको छ’ नोटमा उल्लेख छ ।

    नोटमा नेपालले भारतीय मिडियाबाट प्रसारित समाचार सामग्रीहरु आपत्तिजनक र निनन्दीय हुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखासमेत नाघेको जनाइएको छ । ‘दुई देशबीचको गहिरो र बहुआयामिक सम्बन्ध विशेषगरी समान सार्वभौमिकता, मित्रता र एक–अर्काका रुचि र चासोको पारस्परिक सम्मानमा आधारित छन्, तिनलाई थप सुदृढ बनाउन मिडियाको ठूलो भूमिका हुन्छ, हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, मिडियाले शिष्टता र मर्यादाको सीमा नाघ्नु हुँदैन,’ नोटमा छ, ‘तर, भारतीय मिडियाबाट प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा नाघ्ने काम भएको छ ।’ कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार