Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री नेम्वाङ भन्छन् : माग राखेर यातायात नचलाउनु अव्यवहारिक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीसँगको भेटमा मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु अव्यवहारिक भएको बताए ।

उनले अहिलेको समय आन्दोलनमा जस्तै माग राख्ने, पूरा गर्न दबाब दिने र सम्झौता गरेर जाने विषय नभएको पनि दावी गरे ।
लकडाउन खुकुलो पार्दै जाँदा सरकारले असार २३ गते सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077