Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मृगौला किनबेचमा लाखौं रुपैयाँको चलखेल, डाक्टर र जनप्रतिनिधिसहित १२ जना सार्वजनिक

    मृगौला किनबेचमा लाखौं रुपैयाँको चलखेल, डाक्टर र जनप्रतिनिधिसहित १२ जना सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा  डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको  अभियोगमा मानव बेचबिखनको टोलीले भरतपुरस्थित पुरानो मेडिकल कलेजका डाक्टरहरु  राकेश बर्मा, सुप्रभात श्रेष्ठ,  किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको हो ।



    डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ । भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीले सँचालन गरेको मेडिकल कलेज यसअघि पनि यस्तै काण्डमा मुछिँदै आएको छ।



    लाखौं रुपैयाँको चलखेल गरेर पुरानो मेडिकल कलेजमा गैरकानुनी तवरले मृगौला किनबेच भएको व्यूरोले जनाएको छ ।

    पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ।

    अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएका महर्जनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेको खुलेको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको  छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार