Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ पेट्रोल पम्प राख्नका लागि परेका १ हजार २५ आवेदन खारेज

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प राख्नका लागि परेका १ हजार २५ वटा आवेदन खारेज गरेको छ ।

२७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको भएपनि अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्ध गरिएको निगमले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको हो ।

अब आवेदन दिँदा बुझाएको दस्तुर रकम निवेदकले फिर्ता लिन सक्नेछन् । निगमले अब नयाँ मापदण्ड बनाएर फेरि सूचना जारी गर्ने तयारी गरेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077