Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • झापामा नक्कली भारतीय नोट बरामद, दुई जना पक्राउ

    झापामा नक्कली भारतीय नोट बरामद, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । पाँच सय भारुका नोटसहित उनीहरूलाइ पक्राउ गरिएकाे हाे।बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ ।



    झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ ।
    पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार