काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरीलाई थप अधिकार दिने तयारी थालेका छन्।
सातै प्रदेश प्रमुखसँग छलफल गरेर उनले अधिकार विकेन्द्रीकरणको तयारी थालेका हुन । प्रहरी महानिरीक्षकमा केन्द्रित रहेको प्रहरीको कार्यसञ्चालनसम्बन्धी केही अधिकार अन्य विभाग र प्रदेश प्रहरी कार्यालयमा दिन लागिएको हो ।
स्रोतका अनुसार शुक्रबार सातै प्रदेशका प्रहरी प्रमुखसँगको छलफलमा आईजीपी क्षेत्रीले इन्स्पेक्टरसम्मको सरुवा अधिकार प्रदेश प्रहरी प्रमुखलाई दिने बताएका थिए ।
हाल प्रहरी प्रधान कार्यालयलाई देशभरिका इन्स्पेक्टरको सरुवा गर्ने सक्ने अधिकार रहेकोमा प्रदेश प्रहरी कार्यालयले नै उनीहरूलाई विभिन्न कार्यालयमा सरुवा गर्ने नीतिगत तयारी छ ।
त्यस्तै, सुरक्षा सामग्रीबाहेक खरिदसम्बन्धी अधिकार पनि प्रदेश प्रहरी कार्यालयलाई नै दिने आईजीपी क्षेत्रीले बताएका छन् । आईजीपी क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई थप जिम्मेवार बनाउन यस्तो निर्णय गर्न लागेका हुन ।
Leave a Reply