Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पूर्णिकाले भनिन्- प्रेम सम्बन्धकाे बारेमा आएकाे समाचार झुठ हुन्

    पूर्णिकाले भनिन्- प्रेम सम्बन्धकाे बारेमा आएकाे समाचार झुठ हुन्

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको बताएकी छिन् ।

    पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सञ्चारमाध्यममा आएका खबरको खण्डन गर्दै भनेकी छन्, ‘मेरो निजी जीवनबारे सार्वजनिक खबर कपोकल्पित र भ्रामक हुन् ।’



    पूर्णिका शाह थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी छन् । केही दिनअघि १९ वर्षीया पूर्णिका प्रेममा परेको र यस सम्बन्धमा आमा हिमानीसमेत जानकार रहेको खबर सार्वजनिक भएको थियो ।



    आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचार झुठाे समाचारकाे कारण उनी तनावित छिन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार