Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा

    डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.6K
    SHARES

    नवलपुर । पूर्वी नवलपुरको गैँडाकोटमा  अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । नौ घण्टा लगाएर नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सञ्चालन भएको हो ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको गैँडाकोट–९ को खहरेखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । दिउँसो १ बजेबाट सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।



    बाटो बन्द भएपछि रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।



    सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटबाट दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार