Online Nepal
  • मंगलबार, १० असार २०८२
  • साझा यातायातले उपत्यकामा बस चलाउने गरी थाल्याे तयारी

    साझा यातायातले उपत्यकामा बस चलाउने गरी थाल्याे तयारी

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। साझा यातायातले काठमाडौं उपत्यकामा बस चलाउने गरी तयारी थालेकाे छ। साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने गरी तयारी थालेकाे छ। ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत साझा यातायातले छोटो दुरीमा केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको र साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने जानकारी दिएका हुन् ।



    साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले सरकारले तोकेको मापदण्ड बनाई बस सञ्चालनको लागि तयारी थालिएको बताउँदै तयारी पुरा भयो भने साउन १ गतेदेखि बस सञ्चालन गर्ने जानकारी दिए । साझाले चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि अहिले मर्मतको काम गरिरहेको छ ।

    यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार