Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकी प्रदेशमा थपिए १४ जना काेराेना संक्रमित

    गण्डकी प्रदेशमा थपिए १४ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.7K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार नयाँ संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।



    त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् । नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।



    त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।
    संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार