Online Nepal
  • मंगलबार, १० असार २०८२
  • जङ्गली च्याउ खाँदा चार बिरामी

    जङ्गली च्याउ खाँदा चार बिरामी

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.3K
    SHARES

    रुपन्देही। रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।

    शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।



    उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार