Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएकाे छ। जसले गर्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । अहिले सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077