Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • म्याग्दीमा पहिरो जाँदा ११ जनाको मृत्यु, २३ जना अझै बेपत्ता

    म्याग्दीमा पहिरो जाँदा ११ जनाको मृत्यु, २३ जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.2K
    SHARES

    म्याग्दी । शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन् ।

    पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको छैन । धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो ।



    जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ । प्रहरीका अनुसार तल्लो क्षेत्रको मौसम केही सुधार भएकोले केही राहत सामग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा छ ।



    बाढीपहिरोले ४३ घर पुरिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन । वडाध्यक्ष सुवेदीका अनुसार पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले खानाको व्यवस्था गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार