Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • बाढी पहिरो अपडेट : देशभर २३ को मृत्यु, ३६ बेपत्ता, सतर्क रहन आग्रह

    बाढी पहिरो अपडेट : देशभर २३ को मृत्यु, ३६ बेपत्ता, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 6.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तरको वर्षासँगै मुलुकभर बाढी पहिरो जाने क्रम बढेको जनाएको छ ।

    प्राधिकरणका अनुसार शुक्रबार मात्र मुलुकभरका विभिन्न ८ जिल्लामा बाढी पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ । साथै २६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।



    कास्कीमा ७ जनाको मृत्यु, १७ जना घाइते भएका छन् । जाजरकोटमा पनि ७ जनाको मृत्यु, ५ जना बेपत्ता, पाँजना घाइते भएका छन् ।



    यस्तै म्याग्दीमा ३ जनाको मृत्यु, ३१ जना बेपत्ता भएका छन् । यता लमजुङमा ३ जनाको मृत्यु, ३ जना घाइते भएका छन् । रुकुम पश्चिममा २ जनाको मृत्यु, एक जना घाइते भएका छन् ।

    उता गुल्मीमा एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै तनहुँ र दोलखा पनि पहिरो गएको छ । दर्जननौं घरहरुमा क्षति पुगेको भएपनि मानविय क्षति भने भएको छैन ।

    यसैबीच बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन् ।

    बेपत्ताहरुको उद्धार र खोजबिनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु खटिएका छन् । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आह्वान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार