Online Nepal
  • शनिबार, ७ असार २०८२
  • भारतीय पत्रपत्रिका र वेबसाइट चीनमा प्रतिबन्ध

    भारतीय पत्रपत्रिका र वेबसाइट चीनमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 4.9K
    SHARES

    एजेन्सी । जून १५ मा भारतको पूर्वलद्दास्थित गलवान भ्यालीमा चीन-भारतबीचको हिंसात्मक झडपपछि चीनमा भारतीय पत्रपत्रिका र समाचार वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ ।

    तर, चिनियाँ पत्रपत्रिका र वेबसाइटहरु भने निरन्तर भारतमा उपलब्ध भइरहेका छन् । चीनमा भारतीय समाचार वेबसाइटहरु तबमात्रै हेर्न सकिन्छ जब भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गरिन्छ ।



    भारतीय टेलिभिजन च्यानलहरुमा पनि पहिलजस्तै आईपी टीभीमार्फत हेर्न सकिँदैन । त्यसैगरी विगत केही दिनदेखि एक्सप्रेस भीपीएनमार्फत पनि अहिले कुनै भारतीय वेबसाइटहरु खुल्न रोकिएका छन् ।

    भीपीएन अनलाइन गोपनियताका लागि सार्वजनिक इन्टरनेट कनेक्सनलाई निजी नेटवर्क बनाउने शक्तिशाली उपकरण हो । जसबाट अनलाइन प्रयोगकर्ताहरुलाई ट्रेस गर्न सकिँदैन ।

    भारतीय मिडियाहरुले चीनविरोधी सामग्रीहरु प्रकाशन प्रसारण गरेर मानिसहरुलाई प्रभावित पार्नसक्ने भन्दै चीनले भारतीय पत्रपत्रिका र वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ ।
    भारतले पनि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार