काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रका लागि छुट्टै प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन कुनै राहत प्याकेज नआएको भन्दै गुनासो गरेको छन् ।
शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले महामारीबाट ठप्प भएको व्यवसायिक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्म लागेको बताएका छन् ।
नेपाल जर्मन चेम्बर अफ कमर्शका अध्यक्ष अनुपबहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताए ।
Leave a Reply