Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

    पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । शुक्रवार थप ११८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सबैभन्दा बढी संक्रमित रहेको जिल्लाको संख्या ६ पुगेको छ ।



    शुक्रबारसम्म महोत्तरी, रौतहट, पाल्पा, बाजुरा, कैलाली र अछाममा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका प्रवक्ता गौतमले जानकारी दिए ।



    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार