Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली मेनपावर चलाएर ठगी गर्ने पक्राउ

    नक्कली मेनपावर चलाएर ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । अवैध रुपमा मेनपावर सञ्चालन गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    झापा दमक घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० बस्ने हेमसागर कार्कीलाई पक्राउ गरिएको महानगरीय अपराध महासाखाले जनाएको छ ।



    कार्कीले पुरानो बानेश्‍वरमा फ्ल्याट भाडामा लिई अवैध मेनपावर सञ्चालन गरी विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको महासाखाले जनाएको छ ।



    चार लाख तीस हजार पाँच सय मात्र रुपैयाँ लिई दुवईमा पु-याई ईराक पठाउने भनि टिकाराम तमाङलाई ५१ दिन कोठामा राखेको उजुरी परेको थियो ।

    यस्तै अन्य १२ जना व्यक्तिहरु समेतलाई यूरोपका विभिन्न देशहरुमा पठाईदिन्छु भनि दुवईमा अलपत्र पारेर राखेको सूचना प्राप्‍त भएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार