Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली मेनपावर चलाएर ठगी गर्ने पक्राउ

काठमाडौं । अवैध रुपमा मेनपावर सञ्चालन गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

झापा दमक घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० बस्ने हेमसागर कार्कीलाई पक्राउ गरिएको महानगरीय अपराध महासाखाले जनाएको छ ।

कार्कीले पुरानो बानेश्‍वरमा फ्ल्याट भाडामा लिई अवैध मेनपावर सञ्चालन गरी विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको महासाखाले जनाएको छ ।

चार लाख तीस हजार पाँच सय मात्र रुपैयाँ लिई दुवईमा पु-याई ईराक पठाउने भनि टिकाराम तमाङलाई ५१ दिन कोठामा राखेको उजुरी परेको थियो ।

यस्तै अन्य १२ जना व्यक्तिहरु समेतलाई यूरोपका विभिन्न देशहरुमा पठाईदिन्छु भनि दुवईमा अलपत्र पारेर राखेको सूचना प्राप्‍त भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077