Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • के संसदीय उपसमितिले धम्काएकै हाे?

    के संसदीय उपसमितिले धम्काएकै हाे?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ । प्रतिनिधिसभाको संसदीय उपसमितिको टोली कैलाली र कञ्चनपुरमा सामुदायिक वनको छड्के शैलीमा अध्ययन र अनुगमन गरेर फर्केको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न उक्त टोली त्यहाँकाे सामुदायिक वनको छड्के शैलीमा अध्ययन र अनुगमन गर्ने क्रममा धम्काएकाे समेत बाहिर चर्चा चलेकाे छ।

    सांसद प्रदीप यादवको संयोजकत्वमा गठित उपसमितिका सदस्य प्रेम आलेले लम्की चुहास्थित जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई ‘टाउको तल गर’ भनेर धम्काएको भिडियोसमेत सार्वजनिक भएको थियो । उक्त उपसमितिले प्रशासनिक छड्के शैलीमा केही सामुदायिक वनभित्र पसेको सामुदायिक वनका पदाधिकारीले आरोप लगाएका छन् ।



    उपसमितिका सदस्यहरूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका सामुदायिक वनको अवलोकन, उपभोक्ता र सरोकारवाला पक्षसँग छलफल र भेटघाट नगरी समितिका पदाधिकारी र सदस्यलाई धम्काउने तथा तर्साउने काम मात्रै गरेको उनीहरूकाे भताइ छ। संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य शान्ता चौधरी र सार्वजनिक लेखा समितिका प्रदीप यादवको संयोजकत्वमा तीन/तीन सदस्यीय दुईवटा उपसमिति सोमबार यहाँ आएको थियो ।



    जानकी गाउँपालिकास्थित ऐश्वर्य सामुदायिक वनका अध्यक्ष केशव शाहीले उपसमिति सदस्य सांसद प्रेम आलेबाट अनुगमनका क्रममा धेरै ठाउँमा धम्काउने काम भएको दाबी गरे । सांसद आलेले जुन–जुन सामुदायिक वनमा पुगे त्यहाँका उपभोक्ता समितिका पदाधिकारीलाई गालीगलौज, अमर्यादित शब्द प्रयोग गरी धम्काउने काम गरेको उनको आरोप छ ।महिला जागरण सामुदायिक वनका अध्यक्ष जलपा विष्टले उपभोक्ता समितिलाई कुनै जानकारी नदिएर छड्के शैलीमा आएको उपसमितिको टोलीलाई वास्तविकता बुझ्न उपभोक्तासँग छलफल गर्न आग्रह गर्दासमेत समय अभावको कारण देखाएको बताइन् ।

    मुक्त कमैया सामुदायिक वनका अध्यक्ष दीपु चौधरीका अनुसार उक्त उपसमिति प्रहरीको लावालस्करका साथ आएको थियो । सांसद आलेको व्यवहारपछि अनियमितता छानबिनमा संलग्न संसदीय उपसमितिको दायरा र म्यान्डेटमाथि प्रश्न उठेको उनीहरू बताउँछन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार