तनहुँ — बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ४ का १४ र वडा ८ का २८ घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ ।
यस्तै, बाढीले मानवीय क्षति नभए पनि कुखुरा, पशुचौपाया भने बगाएको छ । यस क्षेत्रको सेती नदी किनारमा बसोवास गर्दै आएकाहरु शुक्रबार बिहान करिब ४ बजेको समय तिर सेती नदीमा अचानक बाढी आउन थालेपछि घर छाडेर भागेका थिए ।
यहाँका केही बाढी प्रभावितहरुले घरमा रहेका सामाग्री निकाले पनि अधिकांशले घरबाट कुनै पनि सामाग्री निकाल्न नसकेका बताएका छन् । दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको नगरप्रमुख किसान गुरुङले बताए ।
Leave a Reply