Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना

    सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.7K
    SHARES

    कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

    सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) हरिशङ्कर बुढथोकीले चारवटै बिओपीको उद्घाटन गरे । बिओपी उद्घाटन गर्दै उहाँले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताउनुभयो । सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसैँ घण्टा गस्ती गर्दै आएको बताए। स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।



    सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए। उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए । चार वटा थप भएपछि बिओपीको सङ्ख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार