Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिराे जाँदा ग्रामीण सडकमा यातायात ठप्प

    पहिराे जाँदा ग्रामीण सडकमा यातायात ठप्प

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 5.6K
    SHARES

    फाइल तस्विर

    बाजुरा । जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंँगै यातायातका साधन बन्द भएका हुन् ।

    पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमूल गाउँपालिका घटमुना, मार्तडीदेखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजारदेखि त्रिवेणी नगरपालिका तोली, बाम्का बजारबाट डोगडीलगायत क्षेत्रका जाने ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक पनि अवरुद्ध बन्दै गएका छन्।



    सदरमुकाम मार्तडीबाट गौमूल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए । “सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्, अब जिल्ला सदरमुकाम आउन एक दिनको पैदल यात्रामा हिँड्नुपर्छ । बाटो बनाउन गाउँपालिकाले प्रयास गरे पनि वर्षा नियमित भएका कारण सकिएको छैन”, उपाध्यक्ष थापाको भनाइ छ ।



    मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा पूर्वी उत्तरी क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेकोे स्थानीय तहले जनाएका छन् । मार्तडीबाट पाण्डुसैनसम्मको सडक पूर्ण रुपमा अवरुद्ध भएको तथा पाण्डुसैनबाट दानसागुसम्म फाटफुट रुपमा साना जीप सञ्चाल भइरहेको स्थानीय व्यापारी वीरेन्द्र कार्कीले जानकारी दिए ।

    जथाभावी रुपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा साधारण मार्ग मात्र खोलिएको र वर्षायाम शुरु हुनेबित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका नौ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।
    प्राविधिक रुपमा जाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारी साधन बन्द भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार