Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पोखरामा पहिरोले चार जनाको मृत्यु

    पोखरामा पहिरोले चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    पोखरा । पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । अविरल वर्षापछिको पहिरोमा पुरिएरका दुई मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन ।

    कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।



    उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



    यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार