Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ८ प्रहरीका हत्यारा दुबे भारतीय प्रहरीकै मिलेमतोमा पक्राउ, सीबीआई जाँचको माग

    ८ प्रहरीका हत्यारा दुबे भारतीय प्रहरीकै मिलेमतोमा पक्राउ, सीबीआई जाँचको माग

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 5.5K
    SHARES

    नयाँ दिल्ली । भारतको कानपुर जिल्लामा  ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवे पक्राउ परेको  घटना शंकास्पद रहेको भन्दै छानविनको माग गरिएको छ।

    विकास दुबेलाई मध्य प्रदेशको उज्जैनस्थित मन्दिर नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको सार्वजनिक भएको थियो । पक्राउपछि दुबेले प्रहरीको भ्यानभित्र पस्ने बेलामा ‘आफु बिकास दुबे कानपुरवाला’ भनेका थिए। इन्काउन्टरको डरले दुबेले आफ्नो नाम बोल्दै हिँडेको वताइएको छ।



    राजनीतिक संरक्षणमा रहँदै आएका दुबेलाई सुरक्षाकर्मीकै सेटिङमा पक्राउ गरिएको भन्दै कांग्रेस महासचिव प्रियंका गांधीले नै आरोप लगाएकी छन्। भारतीय मिडिया रिपोर्टका अनुसार कांग्रेस महासचिव  गांधीले दुवे पक्राउ प्रकरण घटनाको सीबीआई जाँच माग गरेकी छन्। उनले मिलेमतोकै आधारमा दुबेलाई पक्राउ गरिएको दाबी गरेकी छन्।



    गांधीले भनेकी छन् , ‘कुख्यात अपराधीको सुचीमा तीन महिना अघि दुबेको नाम नै छैन ,तीन महिना पुरानो पत्रमा ‘नो एक्शन’ र कुख्यात अपराधको सूचीमा ‘विकास’ का नाम बताउनु पर्दैन? जुन यस केसको टाढा पुग्छ।  उत्तरप्रदेश सरकार यो सीबीआई जाँच गर्नुहोस्  संरक्षण दिईएको सम्बन्धहरू जगजाहेर हुन्छ ।’

    अभियुक्त दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा जाँदा भिडन्त हुँदा एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको मृत्‍यु भएको थियो । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो ।

    यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएका थिए । दुबे ६० आपराधिक गतिविधिमा संलग्न रहेका थिए ।  यसअघी उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले बिकासका सहयोगी अमर दुबेलाई हमिरपुरमा इन्काउन्टरमा मारे पनि दुबे भने सुरक्षाकर्मीसँगको मिलेमतोका कारण जोगिएका छन् ।

    नेपालको बद्नाम गर्न खोज्दा  शिवसेना पार्टी नै चुक्यो 

    शिवसेना पार्टीले प्रदेशस्थित कानपुर जिल्लामा  ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको थियो।

    अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिको दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनी समेत  दिएको थियो ।

    तर, कांग्रेस महासचिव प्रियंका गांधीले नै दुवेलाई मिलेमतोमा पक्राउ गरिएको भन्दै घटनाको सीबीआई जाँच माग गरेपछि भारतीय प्रहरी र शिवसेना पार्टी उल्टै बदनाम हुन पुगेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार