Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ५० प्रतिशत भाडा बढाएर सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

    ५० प्रतिशत भाडा बढाएर सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका ( काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने भएको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको जानकारी दिए ।



    यातायात व्यवसायीले साबिक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने खतिवडाले बताए ।



    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक निर्णय गरेको बताए ।

    लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न नदिइने प्रवक्ता खतिवडाले जानकारी दिए ।

    यद्यपी सार्वजनिक सवारीसाधन कहिलेबाट सञ्चालन गर्ने भन्ने बारे मन्त्री खतिवडाले जानकारी गराएनन् । ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि सार्वजनिक यातायातको हकमा भने समय लाग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार