Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

    बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.9K
    SHARES

    वीरगञ्ज । प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत ३ स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

    आईसीयूमा उपचार गराइरहेकी वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।



    स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् । आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।



    बुधबार विहान आमा भेट्न आएपछि उनले घटनाबारे जानकारी गराएकी थिइन् । त्यसलगत्तै बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार