Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्रीप्रति भारतीय मिडियाको आपत्तिजनक टिप्पणी, किन बाेल्दैन दूतावास?

    प्रधानमन्त्रीप्रति भारतीय मिडियाको आपत्तिजनक टिप्पणी, किन बाेल्दैन दूतावास?

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री ओलीको अगुवाईमा सरकारले भारतले वर्षौंदेखी सैन्य बलमा कब्जामा लिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि भारत नेपालविरुद्ध उत्रिएको छ । त्यसक्रममा त्यहाँका भारतीय सञ्चारमाध्यमहरूले पनि निराधार समाचारहर प्रकाशित गरिरहेका छन्।

    भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ ।



    सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन । भारतीय मिडियाका लागि तीन मूल मन्त्र हुन्– टीआरपी, टीआरपी र टीआरपी । टीआरपीभन्दा बाहिर उनीहरु केही सोच्न चाहँदैनन् । प्रोपोगाण्डाको आगो दन्काएर टीआरपीको रोटी सेक्नुलाई उनीहरुले पत्रकारिता भन्छन् । अधिकांश भारतीय मिडियाले बेच्ने समाचारको स्तर सडकमा गरिने उछृंखल नारावाजीभन्दा पनि निम्नकोटीको हुन्छ ।



    भारत विश्वकै ठूलो प्रजातन्त्र हुनुमा गर्व गर्छ । सिद्धान्तमा भारत प्रजातान्त्रिक मुलुक नै हो । तर, व्यवहारमा ? व्यवहारमा चाहीँ भारतको प्रजातन्त्र उनीहरुका लागि मात्र हो, जो सत्ताको दास बन्न तयार छन् । धार्मिक र जातीय अल्पसंख्यकका लागि त्यहाँ प्रजातन्त्र छैन । र, उनीहरुका लागि बोलिदिने मिडिया पनि छैनन् । भारतीय मिडिया सत्ताको दुन्दुभी बजाउनमै गर्व गर्छन् ।

    सो नक्सालाई संविधानमा नै समेटिएपछि भने भारतले भूमि आफ्नो भनेर कुनै तथ्य नै प्रस्तुत गर्न सक्ने अवस्थामा छैन । तथ्य विहिन भएपछि भारतीय सञ्चारमाध्यम अहिले पित पत्रकारिताको चरम उत्कर्षमा पुगेका हुन् । भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कामप्रति कत्ति टाउको दुखाईको विषय बनेको छ भनेर त्यहाका सञ्चारमाध्यमको पागलपनले देखाउछ । जब कसैको कामको प्रतिरोध गर्ने कुनै तर्क हुदैन तब मानिसमा पागलपन र बहुलापन देखिन्छ । त्यस्तै भएको भारतीय सञ्चारमाध्यमलाई यतिबेला ।

    भारतीय टीभी च्यानल जी मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । जुन कुनै पनि सार्वभौम देशमाथीको अपराधिक आक्रमण हो । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा चरम काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादाको धज्जी उठाउदै अनर्गल प्रचारमा उत्रिएको छ ।

    ‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ ।

    आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ।’

    यान्कीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दावी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दावीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

    भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरेहको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही संसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दावी गरिएको छ ।

    जीटीभीमा प्रशारित यो रिपोर्ट भारतीय पत्रकारिताको नांगो रुप हो । यो रिपोर्टलाई ‘पितपत्रकारिता’ वा ‘प्रपोगाण्डा’ भनेर दुत्कारेर मात्रै पुग्दैन । यो पत्रकारिताको खोल ओडेर गरिएको संगीन अपराध हो । सत्यतासँग एक प्रतिशत पनि सम्वन्ध नरहेको विषयलाई १६ मिनेटको रिपोर्ट बनाएर प्रशारण गर्ने भारतीय टिभी च्यानललाई के गर्ने ? हामी त इन्डियन च्यानलले जे पनि भन्छन् भनेर मुन्टो बटारौंला, तर यसले भारत र अन्य देशका मानिसहरुलाई पक्कै प्रभाव पार्छ ।

    कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु जी टीभीको अक्षम्य अपराध हो । यसमाथि नेपालको सरकारले एक्सन लिनैपर्छ । केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्वीरमा मास्क लगाइदिएको सामान्य घटनामा काठमाडौंस्थिति चिनीया दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । जीटीभीको हर्कत त्योभन्दा सयौं गुणा आपत्तिजनक छ ।

    तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन/प्रशारण गरिरहँदा पनि मस्त निद्रामा छ । टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्वीर दुरुपयोग गर्यो । त्यसमा आपत्ति जनाएर दूतावासले एउटा पत्रसमेत पठाउन सकेन । जिटीभीको रिपोर्टमा पनि उसले अहिवलेसम्म चासो दिएको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार