Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा कार्यरत चिनियाँ प्राविधिक वेपत्ता

    बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा कार्यरत चिनियाँ प्राविधिक वेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा कार्यरत एकजना चिनियाँ प्राविधिक बेपत्ता भएका छन्। भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले बाढीका कारण अर्बौंको क्षति समेत भएकाे बताए।

    उनका अनुसार आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । काफ्लेले भने,’का लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेडमात्र देखिन्छ ।’



    मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन । सीईओ काफ्लेले अनलाइनखबरसँग भने, ‘पावर हाउसमा ढुंगा माटो भरिएकाले सबैसफा गर्नुपर्ने चुनौती छ । धन्न पावर हाउस भत्किएन, यो ठूलो उपलब्धी हो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार