एजेन्सी। दक्षिण भारतका कन्नड अभिनेता सुशील गौडाले आत्महत्या गरेका छन्।
यद्यपि उनको मृत्युको कारण अझै स्पष्ट भइनसकेको जनाइएको छ। प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ। प्रहरीलाई उद्धृत गर्दै पिटीआईले जनाएअनुसार बुधबार गौडाको शव उनको मान्ड्या जिल्लास्थित घरमा फेला परेको हो।
३० वर्षीय गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए भने उनीद्वारा अभिनित फिल्म ‘सालागा’ प्रदर्शन हुँदै थियो। सामाजिक सञ्जालमा दक्षिण भारतीय फिल्म उद्योगका अभिनेताहरुले उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।
Leave a Reply