Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उपत्यकामा काेराेना संक्रमण बढेपछि काभ्रेको नाकामा थप कडाइ

    उपत्यकामा काेराेना संक्रमण बढेपछि काभ्रेको नाकामा थप कडाइ

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडाैँ । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ । साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    एक महिनाको अवधिमा काभ्रेपलाञ्चोकका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रवेशनाकामा थप कडाइ गरिएको हो । जिल्लामा प्रवेशनाका मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट बिपी राजमार्ग हुँदै सवारी आवागमन हुने स्थान मङ्गलटार, सिन्धुपाल्चोक र दोलखाबाट अरनिको राजमार्ग हुँदै आवागमन हुने नाका दोलालघाट तथा काडमाडौँ उपत्यकामा आवागमन हुने मुख्यनाका साँगामा थप कडाइ गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।



    यसैबीच उच्च जोखिमका कारण बढी जनघनत्व भएका शहरबाट जिल्लामा आउनेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापछि मात्रै अनुमति दिइएको छ । बढी जनघनत्व भएका काठमाडाैँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने भएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार