Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कैलालीमा थुनाबाटै हत्कडीसहित भागे अभियुक्त

    कैलालीमा थुनाबाटै हत्कडीसहित भागे अभियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित थुनाबाट भागेका हुन् ।

    कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडी सहित भागेको पुष्टि गरे । उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरिक्ष जबराले बताए । ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए। उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडे नै पक्राउ गरेको थियो ।



    उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ । घरको पश्चिम पट्टी अरहरको झारले शव छोपेको अवस्थामा फेला परेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार