Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गयाे विश्वविद्यालय

    ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गयाे विश्वविद्यालय

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अमेरिकी सरकारको निर्णयविरुद्ध २ विश्वविद्यालय अदालत गएका छन् । अनलाइन कक्षा लिने विदेशी विद्यार्थीहरुलाई उनीहरुकै देश फर्काउने अमेरिकी सरकारको निर्णयविरुद्ध हार्वर्ड र एमआईटी विश्वविद्यालय अदालत गएका हुन् ।

    ट्रम्प प्रशासनले हालै अमेरिकामा बसेर पूर्णरुपमा अनलाइनमार्फत् अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई अमेरिकामा बस्न नदिने निर्णय गरेपछि ती विश्वविद्यालयले यस्ताे कदम चालेका हुन्।



    अमेरिकी सरकारले इमिग्रेसनसम्बन्धी नयाँ नियम बनाएपछि विदेशका हजारौं विद्यार्थीहरुले अमेरिका छोड्नु पर्ने भएको छ । त्यसैले अमेरिकाका ती प्रतिष्ठित विश्वविद्यालयहरुले सरकारविरुद्ध कानुनी लडाइँको बाटो रोजेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।



    यस निर्णयबाट कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका विश्वविद्यालयहरु र त्यसमा अध्ययनरत विद्यार्थीहरु मारमा परेका छन् । अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुको आम्दानीको मुख्य स्रोत विदेशी विद्यार्थीहरु पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार