Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढीले १५ घर बगाउँदा दुईको मृत्यु, १६ जना बेपत्ता

    बाढीले १५ घर बगाउँदा दुईको मृत्यु, १६ जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 4.8K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । भोटेकोसीमा बाढी आएसँगै बाह्रबिसे नगरपालिका–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ ।

    बाढीले बस्तीका १६ जना बेपत्ता बनाकोमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ।



    स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । उनका अनुसार अझै नौ जना बेपत्ता छन्। तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको प्रहरीले जनाएकाे छ।



    अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् । बेपत्ताहरूकाे सेना र स्थानीय मिलेर खोजिरहेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार