Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निगमका १३ कर्मचारीमा काेराेना संक्रमण

    निगमका १३ कर्मचारीमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2K
    SHARES

    काठमाडौँ । नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो ।

    निगमको संचालक समितिका एक सदस्यका अनुसार, एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यी चारसहित निगमका कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । यसअघि सोमबार र मंगलबार गरी नौं जनामा संक्रमण पुष्टि भइसकेको छ ।



    यसैबीच निगमले बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट संक्रमितहरुलाई हेम्स अस्पतालमा सारेको छ । निगमको संचालक समितिका एक सदस्यका अनुसार, बलम्बुमा मंगलबारमात्रै सारिएका संक्रमितहरुले सेवा तथा सुविधामा गुनासो गरेपछि निगमले निजी अस्पतालमा सार्ने निर्णय गरेको हो ।



    असार २८ सम्म उद्धार उडान तालिका भएको निगमले त्यसपछिका उडान स्थगन गर्ने निणर्य गरेको छ । उडानकर्मीमा संक्रमण बढ्दै जान थालेपछी निगमले थप उडान नगर्ने जनाएको छ । निगमले हाल आफ्ना चारवटा जेट विमानलाई नेपालीहरुको उद्धार उडानमा लगाएको छ । यी विमानका लागि ५४ जना स्वदेशी तथा विदेशी पाइलट र सय हाराहारी क्याबिनक्रू छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार